वर्षकै चिसो दिन आज, काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस

वर्षकै चिसो दिन आज, काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस

२०७८, पौष १ बिहिवार

  • 1.1K
    SHARES

  • वर्षकै चिसो दिन आज, काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस

    काठमाडौं । आज यो वर्षकै चिसो दिन हो । विभागले बिहान ६ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरेको छ ।  

    “बिहान ६ बजे काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ,” विभागले भनेको छ, “दिउँसो काठमाडौं उपत्याकामा तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म पुग्नेछ ।” उनका अनुसार काठमाडौंमा आज दिउँसो मौसम सफा रहने छ । 

    यसैबीच, तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । बिहानको समयमा लागेको कुहिरो दिउँसोसम्म हट्ने जल तथा तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    यसैबीच, भोलिबाट थप चिसो बढ्ने भएको छ । पश्चिमी न्यून चापीय  प्रणालीका कारण चिसो बढ्ने भन्दै सर्तक रहन आग्रह गरिएको छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    २०७८, पौष १ बिहिवार०९:१८:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार