नेपाली सवार बस भारतमा दुर्घटना हुँदा एक शिशुको मृत्युः ५ जना घाइते

नेपाली सवार बस भारतमा दुर्घटना हुँदा एक शिशुको मृत्युः ५ जना घाइते

२०७८, पौष ३ शनिवार

  • 957
    SHARES

  • नेपाली सवार बस भारतमा दुर्घटना हुँदा एक शिशुको मृत्युः ५ जना घाइते

    सुदूरपश्चिम । नेपाली मजदुर सवार रहेको बस भारतको लखिमपुरखिरी जिल्लामा दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । 

    उत्तर प्रदेशस्थित लखिमपुरखिरी जिल्लाको भिरा भन्ने ठाउँमा शुक्रबार भएको सो दुर्घटनामा बसमा सवार अछामको बान्नेगढी जयगढ नगरपालिकाका केशव थापाका चार महिने शिशुको मृत्यु भएको हो । 
     
    दुर्घटनामा घाइते पाँच जना नेपालीको अवस्था सामान्य रहेको छ । बसमा सवार ५६ जनामध्ये अन्यको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।   
     
    धनगढीको अछाम होटेलका सञ्चालकको कालिका मष्टाबण्डली टुर्स एण्ड ट्राभल्सबाट टिकट लिएर युपी ०३३० पी १३७५ नम्बरको बस भारतको राजकोट जान लागेका अवस्थामा दुर्घटना परेको जनाइएको छ ।

    २०७८, पौष ३ शनिवार१२:२०:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार