गैसस महासंघको अध्यक्षमा रामप्रसाद सुवेदी

गैसस महासंघको अध्यक्षमा रामप्रसाद सुवेदी

२०७८, पौष ४ आइतवार

  • 3.0K
    SHARES

  • गैसस महासंघको अध्यक्षमा रामप्रसाद सुवेदी

    काठमाडौं । गैरसरकारी संस्था महासंघको १० औं महाधिवेशनले अध्यक्षमा रामप्रसाद सुवेदीलाई चयन गरेको छ ।

    शुक्रबारदेखि आइतबारसम्म चलेको महाधिवेशनले अध्यक्षमा सुवेदीसहित नयाँ कार्यसमितिलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।

    कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष ध्रुव देव, महासचिव अर्जुन भट्टराई रहेका छन् ।

    महाधिवेशनले ४७ सदस्य रहेको नयाँ कार्यसमिति चयन गरेको निर्वाचन आयोगका सदस्य विदुर सुवेदीले जानकारी दिए ।

    नेकपा एमाले लगाएत सरकारी गठबन्धनदलसँग भागवण्डा गरी सहमतीबाट नेतृत्व चयन गरेको हो । महाधिवेशनका लागि देशैभरबाट नौ सय २५ जना प्रतिनिधि सहभागी थिए ।

    २०७८, पौष ४ आइतवार०७:२९:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार