मौसमः आज विहान काठमाडौँको तापक्रम ३.६ डिग्री सेल्सियस

मौसमः आज विहान काठमाडौँको तापक्रम ३.६ डिग्री सेल्सियस

२०७८, पौष ५ सोमवार

  • 1.8K
    SHARES

  • मौसमः आज विहान काठमाडौँको तापक्रम ३.६ डिग्री सेल्सियस

    काठमाडौँ । काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा स्थिर देखिएको छ ।

    मौसम विभागले जनाए अनुसार आज विहान ६ बजे काठमाडौंको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ ।

    दिउँसो काठमाडौँको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने मौसमविद्हरुले बताएका छन् । आज दिउँसो काठमाडौँको मौसम सफा रहने छ । पारिलो घाम लाग्ने सम्भावना छ ।

    पश्चिम तराई र मध्य तराईका धेरै जिल्लामा हुस्सु र कुहिरो लागेको छ । 

    आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी दुई हजार मिटर रहेको छ । यो भिजिविलिटीमा अन्तर्राष्ट्रिय उडान तथा अवतरण गर्न सकिँदैन । तर, डोमेस्टिकतर्फको उडान तथा अवतरण भने यो भिजिविलिटीमा गर्न सकिनेछ ।

    २०७८, पौष ५ सोमवार०७:४२:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार