झापामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७८, पौष ६ मंगलवार

  • 2.2K
    SHARES

  • झापामा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

    झापा । पूर्व–पश्चिम राजमार्गको विर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१० का ४० वर्षीय यामनाथ राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मे १ ख १९५२ नं को ट्रकले ठक्कर दिँदा सोमबार राति उनी घाइते भएका थिए ।

    घाइते रायको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको प्रहरीको भनाइ छ ।

    दुर्घटनामा संलग्न ट्रक र चालक इलाम सन्दकपुर–३ का रोशन लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

    २०७८, पौष ६ मंगलवार०५:५६:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार