काठमाडौँ । देशमा पश्चिमी वायुको आंशिक प्रभाव बढेसँगै तापक्रम घट्दोदरमा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु–कुहिरो रहेको छ।
तराईका भू–भागहरूमा बिहानको समयमा हुस्सु–कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।
काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसको आसपास रहेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ५.५ डिग्री तथा जोमसोमको माइनस २ डिग्री सेल्सियससम्म पुगेको छ ।
बुधबार देशको पहाडी भू–भागमा आंशिक बदली रही प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।