आज केही भू–भागमा हिमपात हुने, काठमाडौंमा मौसम बदली 

आज केही भू–भागमा हिमपात हुने, काठमाडौंमा मौसम बदली 

२०७८, पौष ८ बिहिवार

  • 865
    SHARES

  • आज केही भू–भागमा हिमपात हुने, काठमाडौंमा मौसम बदली 

    काठमाडौं । देशका विभिन्न भागमा आज पनि हिमपातको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविभागले जनाएको छ ।  

    देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

    आजराति सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    तराईका भू–भागहरुममा बिहानको समयमा हुस्सु-कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

    काठमाडौंमा आज बिहान ३.५ डिग्री सेल्सियस तापक्रम रहेको छ । बिहान ६ बजे काठमाडौंको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको हो । बिहान काठमाडौंमा घाम लाग्नेछ भने दिउँसो आंशिक बदली हुनेछ । “आज दिउँसो काठमाडौंमा आंशिक बदली हुनेछ । 

    २०७८, पौष ८ बिहिवार०८:११:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार