पुर्व क्षेत्र र बागमती प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

पुर्व क्षेत्र र बागमती प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

२०७८, पौष १० शनिवार

  • 825
    SHARES

  • पुर्व क्षेत्र र बागमती प्रदेशको पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाभित्र प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

    मौसम महाशाखाका अनुसार तराईका भूभागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन समेत अनुरोध गरिएको छ ।

    यसैगरी, महाशाखाले आज दिउँसो पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    यस्तै, देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    २०७८, पौष १० शनिवार०८:२६:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार