स्मार्ट लाइसेन्सको छपाइ पुनः सुरु

स्मार्ट लाइसेन्सको छपाइ पुनः सुरु

२०७८, पौष १४ बुधवार

  • 1.1K
    SHARES

  • स्मार्ट लाइसेन्सको छपाइ पुनः सुरु

    काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाइ सुरु गरेको छ । कार्ड नभएकाले विगत एक वर्षदेखि छपाइ बन्द थियो । फ्रान्सबाट १४ लाख प्रति कार्ड ल्याइएपछि छपाइ सुरु भएको हो ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवको उपस्थितिमा मङ्गलबारबाट लाइसेन्स छपाइ सुरु गरिएको विभागले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

    झन्डै सात लाख प्रति लाइसेन्स छाप्न बाँकी छ । विभागले तीन सिफ्टमा दैनिक सातदेखि १० हजार प्रति कार्ड छाप्ने जनाएको छ । एक महिनाभित्रै लाइसेन्स दिने व्यवस्था मिलाइएको छ । विभागले नयाँ आवेदन खुला गरिरहेको छ । 

    भागका प्रवक्ता डा. लोकनाथ भुसालले भने, “बाँकी रहेका लाइसेन्सलाई पहिलो प्राथमिकता दिएर छपाइ हुनेछ । आवेदन दिएकामध्ये २५/३० प्रतिशतले ट्रायल पास गर्छन् । अब थप सात लाख प्रति लाइसेन्स आए पनि सेवा दिन सकिन्छ ।”

    २०७८, पौष १४ बुधवार०७:५४:४१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार