मौसममा उल्लेखनिय सुधार, तराईमा बाक्लो हुस्सु–कुहिरोे

मौसममा उल्लेखनिय सुधार, तराईमा बाक्लो हुस्सु–कुहिरोे

२०७८, पौष १८ आइतवार

  • 945
    SHARES

  • मौसममा उल्लेखनिय सुधार, तराईमा बाक्लो हुस्सु–कुहिरोे

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

    अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रहेको छ । साथै पश्चिमी तथा मध्य तराईका जिल्लाहरूमा बाक्लो हुस्सु–कुहिरो लागेको छ।

    आइतबार देशभर आंशिक बदली रहनेछ । प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    सोमबार पनि देशभर आंशिक बदलीको रहने छ। मंगलबार सुदूर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहने छ। महाशाखाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

    २०७८, पौष १८ आइतवार०७:३९:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार