आजको मौसम : काठमाडौंमा बिहानै कुहिरो, अन्यत्र सामान्य बदली

आजको मौसम : काठमाडौंमा बिहानै कुहिरो, अन्यत्र सामान्य बदली

२०७८, पौष २० मंगलवार

  • 1.1K
    SHARES

  • आजको मौसम : काठमाडौंमा बिहानै कुहिरो, अन्यत्र सामान्य बदली

    काठमाडौं । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    आज काठमाडौंमा बिहान कुहिरो लागेको छ । बिहान ६ बजे  चार हजार भिजिविलिटी रहेको छ । २५ सयभन्दा कम भिजिबिलिटी भयो भने जहाज उडान तथा अवतरणमा अवरोध हुने सम्भावना हुन्छ ।

    काठमाडौंमा आज बिहान ५ डिग्री सेल्सियस तापक्रम रहेको छ । बिहान ६ बजे ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको र दिउँसो १६ देखि १८ डिग्रीसम्म पुग्ने मौसमविद् बरुण पौडेलले जानकारी दिए । उनका अनुसार काठमाडौंको मौसम आज बदली हुनेछ ।

    २०७८, पौष २० मंगलवार०७:३८:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार