सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने

२०७८, पौष २५ आइतवार

  • 1.1K
    SHARES

  • सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने

    काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।

    आज बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

    ‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने’ बैठकको निर्णयमा भनिएको छ ।

    आज नै सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

    २०७८, पौष २५ आइतवार०६:५९:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार