सिनेमा हल, होटेल र हवाई यात्रा गर्दा भ्याक्सिन कार्ड अनिवार्य

सिनेमा हल, होटेल र हवाई यात्रा गर्दा भ्याक्सिन कार्ड अनिवार्य

२०७८, पौष २६ सोमवार

  • 845
    SHARES

  • सिनेमा हल, होटेल र हवाई यात्रा गर्दा भ्याक्सिन कार्ड अनिवार्य

    काठमाडौँ । सरकारले अब होटेल छिर्दा भ्याक्सिन कार्ड अनिवार्य गरेको छ ।

    आइतबार बसेको कोभिड-१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र(सीसीएमसीसी) को बैठकले होटेल छिर्दा अब भ्याक्सिन कार्ड अनिवार्य निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् ।

    यससँगै कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रूपमा कोभिडविरुद्धको भ्याक्सिन कार्ड(मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र ती निकायहरूले कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ३ गतेदेखि लागू गर्ने निर्णय भएको छ ।

    २०७८, पौष २६ सोमवार०८:०८:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार