नारायणहिटीमा निर्देशक दाहालले निर्देशनविपरीत काम गरेको खुलासा

नारायणहिटीमा निर्देशक दाहालले निर्देशनविपरीत काम गरेको खुलासा

२०७८, पौष २८ बुधवार

  • 737
    SHARES

  • नारायणहिटीमा निर्देशक दाहालले निर्देशनविपरीत काम गरेको खुलासा

    काठमाडौं । नैतिकताको आधार देखाउँदै राजीनामा दिएका नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालमाथि मन्त्रालयको निर्देशनविपरीत काम गरेको आरोप लागेको छ । 

    संग्रहालयमा रेस्टुराँ सञ्चालन गर्न बतास समूहअन्तर्गत बि मेनेजमेन्ट प्राइभेट लिमिटेडले ठेक्का पाएपछि विवादमा तानिएका दाहालले अघिल्लो सरकारले ठेक्का दिने क्रममा मन्त्रालयको निर्णयको प्रतिकूल हुने गरी ठेक्का दिएको खुलेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । 

    विसं २०७६ फागुन १९ गते मन्त्रालयका सचिव एवं संग्रहालय विकास समितिका अध्यक्ष सचिव केदारबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले तत्कालीन राजपरिवारकै पालामा निर्माण भएको करिब ६ आना क्षेत्रफलमा बनेको घर र त्यसले चर्चेको जग्गा मात्र रेष्टुराँलाई भाडामा दिने उल्लेख थियो । तर, कार्यकारी निर्देशक दाहालले टेन्डर डकुमेन्ट तयार गर्दा समेत समितिका अध्यक्षलाई जानकारी दिइएको थिएन । 

    स्रोतका अनुसार पछिल्लो समय बि मेनेजमेन्टले भनेजति जग्गा दिँदा र संरचना बनाउँदा मन्त्रालयलाई समेत जानकारी नदिएको स्रोतको भनाइ छ ।

    केदारबहादुर अधिकारी पछिका सचिव यादव कोइराला विकास समितिका अध्यक्ष हुँदा कार्यकारी निर्देशक दाहालले थप संरचना निर्माण गर्न दिएको खुलेको छ । 

    मन्त्रालयको निर्णय बेगर करिब १४ रोपनी जग्गा भाडामा दिँदा किन छलफल भएन भन्ने विषयमा दाहाल मुख्य दोषी देखिएको स्रोतले बतायो ।

    कार्यकारीको जिम्मा पाएपछि दाहालले कोरोनाकालमा बन्द रहेको संग्रहालयभित्र उधारोमा काम लगाएको बताइएको छ । ‘कमाएर तिर्ने भन्दै हाकिम साहेबले मनपरी खर्च गरेको हामीले जानकारी पाएका छौँ’ –संग्रहालयका एक कर्मचारीले भने । कार्यकारी निर्देशक दाहालले करिब एक दर्जन कर्मचारी करारमा भर्ना गरेका छन् ।  

    मन्त्रीलाई साथ लिएर काम गर्ने बानी भएका कार्यकारी निर्देशक दाहालमाथि संग्रहालयभित्र मनपरी रूपमा संरचना निर्माण गर्न दिएको आरोप लागेको छ ।

    दाहालले रेस्टुरेन्ट खोल्न स्वीकृत दिएको बतासद्वारा सञ्चालित बी म्यानेजमेन्ट प्रालिलाई दरबार संग्रहालय परिसरमा डिजिटल बोर्ड राख्न काठमाडौं महानगरपालिकालाई दबाब दिएका थिए । गत मंसिर २६ गते दाहालले संग्रहालयको दक्षिण पश्चिम कुनामा बोर्ड राख्नका लागि सिफारिस माग गरेका थिए । 

    २०७८, पौष २८ बुधवार०८:११:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार