अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

२०७८, माघ ३ सोमवार

  • 837
    SHARES

  • अब मेसिनबाटै ट्राफिक जरिवाना तिर्न सकिने

    काठमाडौँ । अब ट्राफिक नियम उल्लंघन गरेको जरिवाना मेसिनबाटै तिर्न सकिने भएको छ । पहिला जरिवाना तिर्न बैंक नै पुग्नु पर्थ्यो ।

    मोबाइल बैंकिङ, तथा डिजिटल वालेट सबैको पहुँचमा नहुँदा रकम जम्मा गरेको भौचर ल्याए मात्रै चालक र धनीले छुट्कारा पाउँथे। तर अब भने यो झन्झट हटेको छ । अब भने प्रभु पे को किओस्ट मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने भएको छ ।

    महानगरीय ट्राफिक महाशाखाले आइतबारबाट उक्त मेसिन सञ्चालनमा ल्याएको हो।

    सुरुवाती चरणमा ग्लोबल आईएमई बैंकमा गई भौचरको आधारमा जरिवाना तिर्न सकिने व्यवस्था थियो। पछिल्लो समय महाशाखाले मोबाइल बैंकिङ, तथा डिजिटल वालेटबाट पनि भुक्तानी गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको हो ।

    ट्राफिक महाशाखाका अनुसार उपत्यकामा ३०९ स्थानमा प्रभु पे को किअस्ट मेसिनबाट ट्राफिक जरिवाना तिर्न सकिने भएको छ।

    २०७८, माघ ३ सोमवार०८:४१:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार