प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदान हुने

प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदान हुने

२०७८, माघ ३ सोमवार

  • 961
    SHARES

  • प्रदेश २ को नाम र राजधानी टुंग्याउन मतदान हुने

    धनुषा । प्रदेश २ को नाम र स्थायी राजधानीको दलीय सहमति जुट्न नसकेपछि अन्ततः मतदानबाटै टुंगो लाग्ने भएको छ ।

    सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले नामका लागि चार र राजधानीका लागि तीन वटा प्रस्ताव राखे पनि सहमति जुट्न नसकेपछि मतदान हुने भएको हो । समितिले आइतबार प्रदेश सभामा प्रतिवेदन पेस गरिसकेको छ ।

    सोमबार बिहान ११ प्रदेशसभा बैठक बस्दैछ । राजधानी तथा नामाकरणसमबन्धीका प्रस्तावमाथि जारी छलफलपछि राजधानी टुंग्याउन मतदान हुनेछ।

    २०७८, माघ ३ सोमवार१०:३७:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार