प्रदेश २ को नाम मधेस, खुसीयालीमा भोलि सार्वजनिक विदा

प्रदेश २ को नाम मधेस, खुसीयालीमा भोलि सार्वजनिक विदा

२०७८, माघ ३ सोमवार

  • 1.5K
    SHARES

  • प्रदेश २ को नाम मधेस, खुसीयालीमा भोलि सार्वजनिक विदा

    जनकपुर । प्रदेश २ को नाम मधेस राखिएको छ । सोमबार बसेको प्रदेश सभा बैठकको दुई तिहाइ बहुमतले मधेस प्रदेश राख्ने प्रस्ताव पास गरेको हो ।

    सोमबार बसेको दोस्रो बैठकमा भएको मतदानमा ९९ सांसद सहभागी रहेकोमा ८० जनाले पक्षमा मत दिएका थिए ।

    यसअघि ३ चैत २०७६ मा मतदान भए पनि प्रदेशको नामकरण हुन सकेको थिएन ।

    त्यस्तै, प्रदेश सभाले स्थायी आजै राजधानी जनकपुर टुङ्गो लगाएको छ । पहिलो बैठकमा भएको मतदानमा ७८ जनाले जनकपुरको पक्षमा मत दिएका थिए ।

    प्रदेशको नाम मधेश राखिएको खुसीयालीमा मधेश प्रदेशले भोलि सार्वजनिक विदा दिएको छ ।

    आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र प्रसाद साहले भोलि सार्वजनिक विदा दिने निर्णय भएको सामाजिक संजालबाट सार्वजनिक गरेका छन् ।

    ‘आज नाम र राजधानी तोकिदा सबै प्रदेशबासी खुशी भएका छन्,’ साहले लेखेका छन्, ‘त्यसैले सार्वजनिक विदा दिने निर्णय भएको छ ।’

    २०७८, माघ ३ सोमवार०९:२८:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार