आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

२०७८, माघ ५ बुधवार

  • 753
    SHARES

  • आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना

    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागहरुमा आंशिक बदली रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागि रहेको छ।

    बुधबार (आज) सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू–भागको मौसम सामान्यतया सफा महाशाखाले जनाएको छ ।

    देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

    प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक,दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    २०७८, माघ ५ बुधवार०८:०२:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार