सरकारी कार्यालयमा आलोपालो प्रणाली लागू

सरकारी कार्यालयमा आलोपालो प्रणाली लागू

२०७८, माघ ७ शुक्रवार

  • 885
    SHARES

  • सरकारी कार्यालयमा आलोपालो प्रणाली लागू

    काठमाडौँ । उपत्यकास्थित जिल्ला भित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालो प्रणाली लागु गरिएको छ ।

    काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बिहीबार बसेको संयुक्त बैठकले आज शुक्रवार राति १२ बजेदेखि सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागू गर्नेसँगै सेवा प्रवाहमासमेत आलोपालो व्यवस्था गर्ने निर्णय गरेको हो ।

    जिल्ला भित्रका सबै सार्वजनिक र सरकारी कार्यालयमा सेवा प्रवाह र कर्मचारीको आलोपालो व्यवस्था कार्यालय प्रमुखले मिलाउने निर्णय भएको ललितपुर प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । यससँगै कार्यालयले दिने सेवा र कर्मचारीलाई आलोपालोमा काम लगाइने छ ।

    दिनप्रतिदिन कोरोना सङ्क्रमण दर बढ्दै गएसँगै स्थानीय प्रशासनले नियन्त्रणका लागि कडाइ गर्दै आइरहेको छ ।

    २०७८, माघ ७ शुक्रवार०८:२५:२४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार