भारततिर लैजाँदै गरिएका  मूर्ति बरामद

भारततिर लैजाँदै गरिएका  मूर्ति बरामद

२०७७, पौष १२ आइतवार

  • 1.3K
    SHARES

  • भारततिर लैजाँदै गरिएका  मूर्ति बरामद

    पौष ११, झापा ।

    नेपालबाट भारततर्फ अवैध रुपमा लैजाँदै गरिएका अवस्थामा आज प्रहरीले करीब रु १० लाख मूल्य बराबरको मूर्ति बरामद गरेको छ ।

    तस्करले लुकीछिपी मेचीनगर नगरपालिका–६ स्थित नकलबन्दाको नाका प्रयोग गरेर भारततर्फ लैजाँदै गर्दा चाँदी र तामाका मूर्ति, भाडाकुँडा र दियो बरामद गरेको हो । 

    इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले मूर्तिका अनुहार कागजले छोपेर प्लाष्टिकमा लाहाको प्रयोग गरी पोको पारेर भारततर्फ लैजाँदै गर्दा बरामद गरिएको बताए ।  

    बरामद गरिएका सबै सामग्री आजै भन्सार कार्यालयमा बुझाइने छ  । उनका अनुसार बरामद भएका मूर्ति पुरातात्विक महत्वका नभए पनि लुकिछिपी अवैध रुपमा भारततर्फ लैजान लागेको हुँदा नियन्त्रणमा लिइएको हो । 

    २०७७, पौष १२ आइतवार०४:११:३४
    प्रतिक्रिया
    सम्बन्धित समाचार