मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

२०७८, माघ ७ शुक्रवार

  • 961
    SHARES

  • मोटरसाइकल दुर्घटनामा १ को मृत्यु

    बैतडी । मोटरसाइकल दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक  कञ्चनपुर घर भएका २७ वर्षीय धनराम चौधरी रहेका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो ।

    बझाङको देउलेकबाट बैतडीको शिवलिङ्गतर्फ आउँदै गरेको से६प ७९२१ नंको  मोटरसाइकल बैतडीको सिगास–९ सिकनाडीमा दुर्घटनामा परेको हो । 

    बिहीबार बेलुका ५ बजेतिर चौधरीले चलाएको मोटरसाइकल सडकबाट करिब १०० मिटर तल खसेको र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त मोटरसाइकलमा चौधरी एक्लै सवार रहेका बुझिएको छ । 

    दुर्घटनाको कारण भने खुल्न नसकेको र  घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

    २०७८, माघ ७ शुक्रवार०९:०९:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार