इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

२०७८, माघ ७ शुक्रवार

  • 2.1K
    SHARES

  • इलामका उच्च पहाडी क्षेत्रमा हिमपात

    मङ्गलबारे । जिल्लाको उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायतका स्थानमा पुनःहिमपात भएको छ । यसअघि पनि दुईपटक यी ठाउँमा हिमपात भएको थियो । 

    यसपटक भने यसभन्दा तल माइमझुवा, टप्पु, राँके, साँधुटारलगायत धेरै तलसम्म हिमपात भएको छ । यस्तै राति जिल्लाका अधिकांश स्थानमा पानीसमेत परेको छ ।    

    उच्च पहाडी क्षेत्रमा मात्र हिमपात र झरी परेपछि सदरमकाम इलामसहित जिल्लाका अन्य स्थानमा जाडो बढेको छ । यसबाट बालबालिका र वृद्धवृद्धालाई समस्या भएको छ । 

    सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी, कालपोखरी, गैरीबास इलाम नगरपालिकाको पाटेनागी लगायतका स्थानमासमेत वर्षासहित हिमपात भएको छ । 

    हिमपातका जिल्लाका उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिउँ परेपछि चिसो बढेको छ । हिउँ परेको स्थानका स्थानीयलाई घरबाट बाहिर निस्कन समस्या भएको छ । उनीहरुलाई दैनिक कामकाज गर्न समस्या भएको स्थानीयवासी दिनेश ढकालको भनाइ छ ।  

    उहाँका अनुसार वर्षासहितको चिसोले घर बाहिरको काम गर्नसमेत समस्या भएको छ । तर जाडो बढे पनि पटकपटकको हिमपात र वर्षाले किसानलाई भने राहत मिलेको छ । यस सिजनमा वर्षा हुँदा उब्जनी बढ्ने किसानको भनाइ छ ।

    २०७८, माघ ७ शुक्रवार१२:५९:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार