आइतबार देशभरका न्यायालय बन्द

आइतबार देशभरका न्यायालय बन्द

२०७८, माघ ८ शनिवार

  • 997
    SHARES

  • आइतबार देशभरका न्यायालय बन्द

    काठमाडौँ । आइतबार देशभरका न्यायालयहरू बन्द हुने भएका छन्।

    पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा भोलि देशभरका न्यायालयहरू बन्द हुने भएका हुन्। शर्माको गत बुधवार निधन भएको थियो।

    शनिवार सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो।

    काठमाडौँको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्व प्रधानन्यायाधीश शर्मा २०१६ सालदेखि सरकारी सेवामा प्रवेश गरेका थिए।

    उनी २०५४ साल चैत ३० देखि २०५६ मङ्सिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए। उनको शनिवार अन्त्येष्टि गरिएको हो। 

    २०७८, माघ ८ शनिवार०३:०४:३०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार