आजदेखि ललितपुर महानगरका अत्यावश्यकबाहेक सबै सेवा बन्द

आजदेखि ललितपुर महानगरका अत्यावश्यकबाहेक सबै सेवा बन्द

२०७८, माघ १० सोमवार

  • 829
    SHARES

  • आजदेखि ललितपुर महानगरका अत्यावश्यकबाहेक सबै सेवा बन्द

    ललितपुर। ललितपुर महानगरपालिकाले माघ १० गते (आज)सोमबारदेखि ५ दिनका लागि अत्यावश्यक सेवा मात्रै प्रदान गर्ने भएको छ ।

    कोभिड–१९को नयाँ भेरियन्ट ओमिक्रोनबाट सङ्क्रमित भई महानगरका कर्मचारीहरू उपचार एवं होम आइसोलेसनमा रहेकाले महानगरले अत्यावश्यक सेवा मात्रै दिन लागेको हो।

    ओमिक्रोन सङ्क्रमण बढ्दै गएको र यसबाट जनप्रतिनिधि र कर्मचारीहरूसमेत सङ्क्रमित भई उपचार एवं होम आएसोलेशनमा रहेकाले सेवा बन्द गर्नु परेको महानगरले जनाएको छ ।

    अधिकांश कर्मचारीहरू सङ्क्रमित भई नियमित सेवा प्रवाहमा समस्या उत्पन्न भएको र आलोपालो प्रणालीबाट सेवा दिन सक्ने स्थितिसमेत नरहेको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जनाएका छन् ।

    २०७८, माघ १० सोमवार०७:५५:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार