मोटरसाइकल दुर्घटनामा इलाममा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा इलाममा एक जनाको मृत्यु

२०७८, माघ ११ मंगलवार

  • 1.6K
    SHARES

  • मोटरसाइकल दुर्घटनामा इलाममा एक जनाको मृत्यु

    मङ्गलबारे । इलामको माई नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ ।

    दुर्घटनामा परी झापाको मेचीनगर–८ आयाबारीका १८ वर्षीय अनुप श्रेष्ठको मृत्यु भएको हो । हिजो अपराह्न साढे २ बजे झापाबाट इलाम माई नगरपालिकाको चिलिमकोट बगान पिकनिक जाने क्रममा दुर्घटनामा परेका श्रेष्ठलाई उपचारका लागि झापा बी एन्ड सी अस्पताल लगिएको थियो ।

    माई अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बी एन्ड सी अस्पताल पठाइएको श्रेष्ठलाई साढे ४ बजे चिकित्सकले मृत्यु घोषणा गरेको बताइएको छ ।

    जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा निमित्त कार्यालय प्रमुख गङ्गाबहादुर थापाका अनुसार मे१०प ६८४३ नंको मोटरसाइकल अनियन्त्रित हुँदा श्रेष्ठ सडकभन्दा करिब २० मिटर तल झरेका थिए ।

    आफैँ मोटरसाइकल चलाएका श्रेष्ठको टाउको र शरीरमा चोट लागेको बताइएको छ ।

    २०७८, माघ ११ मंगलवार०८:११:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार