काठमाडौंको जनसंख्या सबैभन्दा धेरै, मनाङको कम

काठमाडौंको जनसंख्या सबैभन्दा धेरै, मनाङको कम

२०७८, माघ १२ बुधवार

  • 1.3K
    SHARES

  • काठमाडौंको जनसंख्या सबैभन्दा धेरै, मनाङको कम

    काठमाडौं । २०७८ को जनगणना अनुसार नेपालको सबैभन्दा बढी जनसंख्या काठमाडौं र कम मनाङमा रहेको छ।

    बुधबार केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार ७७ जिल्लामध्ये काठमाडौंको जनसंख्या २० लाख १७ हजार ५ सय ३२ जना र सबैभन्दा कम जनसंख्या मनाङको ५ हजार ६ सय ४५ जना छन्।

    यस्तै दोस्रो स्थानमा मोरङ तेस्रोमा रूपन्देही चौथोमा झापा र पाँचौमा सुनसरीमा सर्वाधिक जनसंख्या छन्।

    data-1.jpg

    यस्तै मनाङ पछि कम जनसंख्या भएको जिल्लामा मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन्।

    जिल्ला अनुसार हेर्दा सबैभन्दा बढी लैंगिक अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैंगिक अनुपात प्यूठान जिल्लाको ८२ रहेको विभागले जनाएको छ।

    २०७८, माघ १२ बुधवार११:५८:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार