८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

२०७८, माघ १३ बिहिवार

  • 1.4K
    SHARES

  • ८० वर्षपछि पहिलोपटक जनसंख्या घट्यो

    काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ८० वर्षपछि पहिलोपटक घटेको छ । केन्द्रीय तथ्याङ्क विभागले बुधबार जनगणनाको तथ्यांक सार्वजनिक गर्दै नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको जनाएको छ । 

    अघिल्लो जनगणनाको तुलनामा यसपटक नेपालको जनसंख्या २७ लाखले बढेको छ । यसपटकको जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत रहेको छ । 

    अघिल्लो जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । जनसंख्या घट्नुमा नेपालमा जनसंख्या नियन्त्रणका लागि ३० वर्षदेखि चालिएको प्रयासले सार्थकता पाएको विज्ञहरू बताउँछन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

    त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक जनसंख्याविद् पद्मप्रसाद खतिवडा जनसंख्या नियन्त्रणका प्रयासहरूले सफलता पाए पनि यसरी जनसंख्याको वृद्धिदर घट्नु मुलुकका लागि चिन्ताको विषय भएको बताउनुहुन्छ । नेपालको जनसंख्या नियन्त्रणबाट व्यवस्थापन गर्ने भनिए पनि राज्यको प्रयास निरर्थक रहेको उहाँको धारणा थियो ।

    नेपालमा जनसंख्याको वृद्धिदरमा आएको असन्तुलनले तराईका अधिकांश भागमा अत्याधिक जनसंख्या हुने र उच्च पहाडी तथा हिमाली भेगमा भने जनसंख्या शून्यको अवस्थामा आउने भएकाले राज्यले उच्च पहाडी र हिमाली क्षेत्रमा भने जनसंख्या नियन्त्रण नगरी त्यस क्षेत्रमा जनसंख्या बढाउने काम गर्नुपर्ने खतिवडाले बताउनुभयो ।

    अहिलेको अवस्था विश्लेषण गर्दा अबका केही दशकमा नेपालको उच्च पहाडी र हिमाली क्षेत्रमा जनसंख्या शून्यमा पुग्ने र शहरी क्षेत्रमा भने जनसंख्याको चाप बढेर धान्न नसक्ने अवस्थामा पुग्ने देखिएकोले त्यसतर्फ राज्यको ध्यान जान जरुरी रहेको उहाँले बताउनुभयो ।

    जनगणनाबाट सबैभन्दा बढी परिवार मधेस प्रदेशमा पाइएको छ भने सबैभन्दा कम परिवार गण्डकी प्रदेशमा रहेको पाइएको छ । बितेको १० वर्षमा प्रतिपरिवार जनसंख्या पनि घटेको छ । २०६८ सालमा नेपालमा एक परिवारमा ५ जना बस्ने गरेका थिए भने अहिले यो संख्या घटेर प्रतिपरिवार ४ दशमलव ३२ मा झरेको विभागको तथ्याङ्मा उल्लेख छ ।

    २०७८, माघ १३ बिहिवार०८:२७:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार