धरानमा २ जना कोरोना संक्रमितको मृत्यु

धरानमा २ जना कोरोना संक्रमितको मृत्यु

२०७८, माघ १३ बिहिवार

  • 1.1K
    SHARES

  • धरानमा २ जना कोरोना संक्रमितको मृत्यु

    धरान । धरानमा दुई जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

    मृत्‍यु हुनेमा सुनसरीको धरान नगरपालिका–११ का ४५ वर्षीय पुरूष र धरान नगरपालिका–१५का ७२ वर्षीय पुरूष रहेका छन् ।

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषको बुधबार राती ८:४० बजे र ७२ वर्षीय पुरूषको बिहीबार बिहान ७:४० बजे मृत्‍यु भएको हो ।

    प्रतिष्ठानका अनुसार ४५ वर्षीय पुरूषलाई माघ ६ गते र ७२ वर्षीय पुरूषलाई माघ ९ गते कोरोना पुष्टि भएको थियो ।

    २०७८, माघ १३ बिहिवार०२:०४:५३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार