आज देशका केहि भेगमा आंशिक बदली

आज देशका केहि भेगमा आंशिक बदली

२०७८, माघ १५ शनिवार

  • 833
    SHARES

  • आज देशका केहि भेगमा आंशिक बदली

    काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ ।

    राती पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहनेछ ।

    आइतबार पनि प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ ।

    चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ।

    २०७८, माघ १५ शनिवार०८:०१:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार