काठमाडौं । नेकपा एस निकट निजामती कर्मचारीको राष्ट्रिय भेलाले एकीकृत सरकारी कर्मचारी संगठन गठन गरेको छ ।
संगठनको शनिबार सम्पन्न राष्ट्रिय भेलाले मोहनकुमार घिमिरेको संयोजकत्वमा १५१ सदस्यीय अधिवेशन आयोजक समिति गठन गरेको छ । कर्मचारीको भेला तथा संगठन पुनर्गठन कार्यक्रमले घिमिरेलाई संयोजकमा चयन गरेको हो ।
भेलाका प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल थिए । भेलाले घिमिरेको संयोजकत्वमा अधिवेशन आयोजक कमिटी गठन गरी ३५ सदस्यीय सचिवालय बनाएको छ ।
कोरोना महामारीका कारण जुमका माध्यमबाट भेला गरिएको संगठनले जनाएको छ । जुममार्फत् ४ सय कर्मचारी सहभागी भएको जनाइएको छ ।