आज उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना

आज उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना

२०७८, माघ १७ सोमवार

  • 1.0K
    SHARES

  • आज उच्च पहाडी र हिमाली भेगमा हल्का हिमपातको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    सोमबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ।

    देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ। चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध पनि गरेको छ।

    २०७८, माघ १७ सोमवार०८:०३:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार