देशैभर मेघ गर्जन तथा चट्याङसहित वर्षा र हिमपात हुने

देशैभर मेघ गर्जन तथा चट्याङसहित वर्षा र हिमपात हुने

२०७८, माघ २१ शुक्रवार

  • 1.0K
    SHARES

  • देशैभर मेघ गर्जन तथा चट्याङसहित वर्षा र हिमपात हुने

    काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा पानी परिरहेको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्का वर्षा भइरहेको छ । गएरातिदेखि नै पानी परिरहेको छ । 

    आज दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन र चटयाङ् र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । गण्डकी तथा लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

    विभागले देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जानकारी दिएको छ ।

    आज राति प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनरचटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    देशका धेरै स्थानमा मेघ गर्जन र चटयाङ र असिनासहित वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

    मंगलवार देशको पश्चिमी भू-भागबाट भित्रिएको मनसुनीवायु आगामी आइतवार साँझबाट हट्दै जाने मौसमविदको भनाई छ । 
     

    २०७८, माघ २१ शुक्रवार०६:४८:१५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार