टावरमा चट्याङ परेपछि गौतमबुद्ध विमानस्थल बन्द

टावरमा चट्याङ परेपछि गौतमबुद्ध विमानस्थल बन्द

२०७८, माघ २२ शनिवार

  • 1.0K
    SHARES

  • टावरमा चट्याङ परेपछि गौतमबुद्ध विमानस्थल बन्द

    रुपन्देही । वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ ।

    हिजो दिउँसो ४ बजे परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

    टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द भएको सूचना पाएपछि विमानस्थल पुगेका यात्रु फर्किएका छन् ।

    महाप्रबन्धक दाहालका अनुसार काठमाडौँबाट आवश्यक सामान झिकाएर आज दिउँसोसम्म मर्मतको काम गरिने छ ।

    २०७८, माघ २२ शनिवार०८:००:५९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार