लायन्स ३२५ बी १ पुनर्गठन पश्चात पाँचवटै गभर्नर सहमतिमा चुनिँदै, को -को बने पहिलो गभर्नर ?

लायन्स ३२५ बी १ पुनर्गठन पश्चात पाँचवटै गभर्नर सहमतिमा चुनिँदै, को -को बने पहिलो गभर्नर ?

२०७८, माघ २७ बिहिवार

  • 1.1K
    SHARES

  • लायन्स ३२५ बी १ पुनर्गठन पश्चात पाँचवटै गभर्नर सहमतिमा चुनिँदै, को -को बने पहिलो गभर्नर ?

    काठमाडौं । लायन्स ३२५ बी १ पुनर्गठन गर्ने निर्णयले सार्थकता पाएको छ ।

    नेपालमा हाल रहेका चारवटा डिस्ट्रिक्ट मध्ये बी १ पुनर्गठन हुँदा पाँचवटा नयाँ डिस्ट्रिक्ट बन्ने भएका हुन् । 

    अब हुने डिस्ट्रिक्टहरु ३२५ आई, ३२५ जे, ३२५ के, ३२५ एल र ३२५ एम सम्म बन्ने भएका हुन् । 

    लायन्स नेताहरुले पुनर्गठित नयाँ लायन्सलाई नेतृत्व प्रदान गर्न डिस्ट्रिक्ट गभर्नरहरुको समेत टुंगो लगाएको बताईएको छ ।

    सहमतिबाट निर्वाचित हुने गभर्नरहरुमा लायन मणिश्री रत्न बज्राचार्य, लायन महेन्द्र पौडेल, लायन राम बहादुर बसेल, लायन ध्रुव श्रेष्ठ र लायन राजेन्द्र कुमार बाटाजु रहेका छन् । 

    डिस्ट्रिक्ट कन्भेन्सन आगामी १२ फेब्रुवरी २०२२ का दिन सम्पन्न हुँदैछ । 

    2.PNG3.PNG4.PNG5.PNG

    २०७८, माघ २७ बिहिवार०९:२९:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार