कुलवंश प्रतिष्ठानद्धारा क्यान्सर पिडित सञ्जुलाई आर्थिक सहयोग 

कुलवंश प्रतिष्ठानद्धारा क्यान्सर पिडित सञ्जुलाई आर्थिक सहयोग 

२०७८, माघ २८ शुक्रवार

  • 3.1K
    SHARES

  • कुलवंश प्रतिष्ठानद्धारा क्यान्सर पिडित सञ्जुलाई आर्थिक सहयोग 

    काठमाडौं । भट्टराई कुलवंश प्रतिष्ठान वागमती प्रदेशले क्यान्सर पिडितलाई आर्थिक सहयोग गरेको छ ।

    प्रतिष्ठानले दोलखा निवासी ४० वर्षीय सञ्जु भट्टराईलाई रु ५९७१०/- (अक्षरुपी उनान्साठी हजार सात सय दश) रुपैयाँ आर्थिक सहयोग गरेको हो । उनी स्तन क्यान्सरले पिडित छन् । गत कार्तिकमा स्वास्थ्य समस्या देखिएर जाँच गराउँदा उनमा क्यान्सरको समस्या देखिएको हो । 

    bhattarai-1.jpg

    प्रतिष्ठानको नियमित बैठकका क्रममा आज भक्तपुरको राधेराधे स्थित कार्यालयमा केन्द्रीय सचिव जीवराज भट्टराई र वागमती प्रदेश अध्यक्ष नारायण भट्टराईले सञ्जुका श्रीमान् राजकुमार भट्टराईलाई संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण गरे । 

    क्यान्सर जस्तो प्राणघातक रोगका विरुद्ध एकजुट भएर हातेमालो गर्दै सहयोग गर्न सम्पूर्णमा अध्यक्ष भट्टराईले आव्हान समेत गरेका छन् । 

    २०७८, माघ २८ शुक्रवार०८:५६:००

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार