इलाम जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु

इलाम जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु

२०७८, माघ २९ शनिवार

  • 1.0K
    SHARES

  • इलाम जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु

    इलाम । इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ । एक सय सात वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो ।

    उनको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृत्यु भएको हो ।

    उनको आज बिहान ७ः ३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ ।

    उनको आज नै माइ खोलाको कुँडुले सेपेनी घाटमा दाहसंस्कार गरिने बताइएको छ । उनका पाँच छोरा र दुई छोरी छन् ।

    उनी बृद्ध भएकै कारण र जिल्लाकै बढी उमेरका कारण उनीसँग धेरैले आशिष थाप्न र भेट्न जाने गरेका थिए ।

    २०७८, माघ २९ शनिवार०५:१६:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार