झापा । मेचीनगर नगरपालिका–१३ स्थित फुलबासा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाका सुगम टोल निवासी ५० वर्षीय मानबहादुर बराइली रहेको मेचीनगर–१३ का वडाध्यक्ष कृष्णराज सिग्देलले बताए ।
खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा शनिवार साँझ करेन्ट लागेर उनको निधन भएको हो ।