काठमाडौँ। आज भ्यालेन्टाइन डने अर्थात् प्रणय दिवस । यस दिन प्रेम गर्ने जोडीहरुले आपसमा प्रेमभाव साटासाट गरेर मनाउँदै छन् ।
खास गरी युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डेलाई प्रेम सम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गरेका छन् ।
सप्ताहव्यापी मनाइने प्रणय दिवसको विशिष्ट खालको इतिहास छ । रोमबाट सुरु भएर पश्चिमी देशहरूमा फैलिएको प्रणय दिवस मनाउने चलन अहिले नेपालमा पनि विस्तार भएको छ ।
आजको दिनलाई प्रेम प्रस्ताव राख्ने र प्रेम बसिसकेकाहरूले आपसमा प्रेम साटासाट गरी रमाइलो गर्ने चलन छ ।
खासगरि पर्यटकिय क्षेत्र काठमाडौंको ठमेल, पोखरा, चितवन लगाएतका ठाउँहरुमा प्रेम जोडीहरु हर्सोल्लास साथ पुगेका छन् ।