आज देशका केहि भेगमा वर्षा र हिमपातको सम्भावना

आज देशका केहि भेगमा वर्षा र हिमपातको सम्भावना

२०७८, फाल्गुण ३ मंगलवार

  • 1.4K
    SHARES

  • आज देशका केहि भेगमा वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । देशको पहाडी भू–भागमा आंशिक बदली र तराईका केही भूभागमा हुस्सु लागेको छ। देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

    गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    २०७८, फाल्गुण ३ मंगलवार०७:५६:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार