मौसम : पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

मौसम : पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

२०७८, फाल्गुण ४ बुधवार

  • 1.6K
    SHARES

  • मौसम : पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना

    काठमाडौं । हाल देशमा पश्चिम न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । अहिले देशको पहाडी भू–भागमा आंशिक बदली छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । महाशाखाका अनुसार देशको पहाडी भू–भागका एक–दुई स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    राति देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    २०७८, फाल्गुण ४ बुधवार०७:४४:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार