बुढानिलकण्ठ-१३ चुनिखेलमा चितुवा आतंक

बुढानिलकण्ठ-१३ चुनिखेलमा चितुवा आतंक

२०७८, फाल्गुण ६ शुक्रवार

  • 997
    SHARES

  • बुढानिलकण्ठ-१३ चुनिखेलमा चितुवा आतंक

    काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वडा नं १३ चुनिखेलमा चितुवाले आंतक मच्चाएको छ। चुनिखेलमा रहेको सेभेन फार्मर्स एग्रो फार्ममा गए राति १२ बजे पसेको चितुवा अझै सोहि स्थानमा रहेको छ।

    राति देखि सोहि स्थानमा रहेको उक्त चितुवाले फार्ममा रहेका कालिज र अन्य जनावरलाई खानुका साथै स्थानीयहरुलाई समेत निकै त्रसित बनाइरहेको छ।

    नजिकै रहेको रास्ट्रिय निकुन्जबाट आएका चितुवाहरुले करिव ७५ वटा कालिज खाएका छन् भने दुइ मध्ये एक चितुवा भने भागेको छ। अहिले जिल्ला बन कार्यालय, निकुन्ज र प्रहरीले सो चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । फोटो सौजन्य : केशवराज पाठक

    २०७८, फाल्गुण ६ शुक्रवार०८:३९:०९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार