देशको पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

देशको पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

२०७८, फाल्गुण ८ आइतवार

  • 2.6K
    SHARES

  • देशको पहाडी भेगमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । यस कारण पहाडी भू–भागमा आंशिक बदली लागेको छ साथै तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

    देशको पहाडी भू–भागको केही स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ । 

    २०७८, फाल्गुण ८ आइतवार०८:२२:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार