चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

२०७८, फाल्गुण ९ सोमवार

  • 817
    SHARES

  • चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । देशका विभन्न भागमा आज चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागको केही स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

    बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न विभागले जनाएको छ । 

    २०७८, फाल्गुण ९ सोमवार०७:५४:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार