अदालतबाट रु २२ लाख जरिवाना ठहर भएका एक जना पक्राउ

अदालतबाट रु २२ लाख जरिवाना ठहर भएका एक जना पक्राउ

२०७८, फाल्गुण १० मंगलवार

  • 953
    SHARES

  • अदालतबाट रु २२ लाख जरिवाना ठहर भएका एक जना पक्राउ

    काठमाडौँ । उच्च अदालत पाटनले रु २२ लाख जरिवाना ठहर गरेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम रु २२ लाख जरिवाना ठहर गरेपछि फरार रहेका नुवाकोट शिवपुरी गाउँपालिका–८ थानापतीका ४३ वर्षीय रामप्रसाद पाण्डेलाई हिजो (सोमबार) पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

    ब्युरोका उपनिर्देशक, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो एनआईसी बैङ्क लिमिटेड मनमैजु शाखाको खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारेर बैङ्किङ कसुर गरेकाले पाण्डेलाई काठमाडौँको नेपालटारबाट पक्राउ गरिएको जानकारी दिए ।

    पक्राउ थापालाई फैसला कार्यान्वयनको लागि आज जिल्ला अदालत ललितपुर पेस गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।

    २०७८, फाल्गुण १० मंगलवार०५:३१:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार