देशका पहाडी भू-भागमा आज वर्षा र हिमपातको सम्भावना

देशका पहाडी भू-भागमा आज वर्षा र हिमपातको सम्भावना

२०७८, फाल्गुण १३ शुक्रवार

  • 961
    SHARES

  • देशका पहाडी भू-भागमा आज वर्षा र हिमपातको सम्भावना

    काठमाडौं । देशका विभिन्न भागमा आज वर्षा र हिमपात हुने भएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, वाग्मती र प्रदेश–१ का धेरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    देशको उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

    आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र प्रदेश–१ का थोरै स्थानमा मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ । 

    उच्च पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 

     

    २०७८, फाल्गुण १३ शुक्रवार०७:२६:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार