सुनसरीको कोशी गाउँब्लकमा जग्गा धनी प्रमाण पूर्जा वितरण

सुनसरीको कोशी गाउँब्लकमा जग्गा धनी प्रमाण पूर्जा वितरण

२०७८, फाल्गुण १४ शनिवार

  • 933
    SHARES

  • सुनसरीको कोशी गाउँब्लकमा जग्गा धनी प्रमाण पूर्जा वितरण

    काठमाडौँ । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सुनसरीको कोशी गाउँपालिकामा रहेका गाउँब्लकका २८ घर परिवारलाई शुक्रवार लालपूर्जा वितरण गरेकी छन् ।  

    शुक्रवार आयोजित एक कार्यक्रममार्फत जग्गाधनी प्रमाण पूर्जा वितरण गर्दै उनले जिल्लाका सबै गाउँब्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको बताइन् । 

    मन्त्री श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछि प्रविधिको प्रयोगमा जोड दिएको, नक्साको मूल्य घटाउन लागिएको, जग्गाको लेखापढीमा जथाभावी रूपमा रकम लिने पद्धति रोक्न काम शुरु गरेको र मुक्त हलिया, कमलरी, कमैयाको वस्तविकता अध्ययन गर्न गरी समस्या समाधान गर्न काम शुरु गरेको बताइन् ।  

    हालसम्म गाउँब्लकका १४ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

    मन्त्रालयले २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र जग्गा भएर पनि लालपूर्जा विहिन बनिरहेका नागरिकलाई लालपूर्जा वितरण अभियानलाई तीव्र बनाएको छ । 

    २०७८, फाल्गुण १४ शनिवार०७:२४:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार