काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
अहिले पहाडी भू–भागमा आंशिक बदली छ । अरू भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । अरू भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नम्बर–१ तथा गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार राति देशका पहाडी भू–भागमा आंशिक बदली तथा अरू भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।