महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधु सन्तको बिदाइ

महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधु सन्तको बिदाइ

२०७८, फाल्गुण २१ शनिवार

  • 1.3K
    SHARES

  • महाशिवरात्रिमा पशुपतिनाथको दर्शनमा आएका साधु सन्तको बिदाइ

    काठमाडौँ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउनुभएका साधु सन्तलाई रुद्राक्ष माला, शिव नामी एवं दक्षिणासहित बिदाइ गरिएको छ । महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनमा आउनुभएका साधु सन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले छुट्टाछुट्टै बिदाइ गरेका हुन् ।

    संस्थानले बिहीबार र शुक्रवार समेत साधु सन्तलाई बिदाइ गरेको पशुपति गोश्वारा कार्यालयका प्रमुख सुशीला शर्मा घिमिरेले राससलाई जानकारी दिए । गोरखनाथ अखडाका साधु सन्तलाई भने बिदाइ गर्न बाँकी रहेको संस्थानले जनाएको छ ।

    बिदाइका अवसरमा फागुन कृष्ण एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गर्नुभएको सामग्रीसहित दक्षिणा पनि दिइएको उनले बताए। संस्थानले रु ९०० देखि रु आठ हजारसम्म दक्षिणा दिएर साधु सन्तलाई बिदाइ गरेको छ । नागा बाबालाई रु आठ हजार र अन्यलाई रु ९०० भन्दामाथि दक्षिणा दिइएको संस्थानका प्रवक्ता जनक पोखरेलले बताए ।

    यसै गरी कोषले पनि रु १०५ देखि रु पाँच हजार १०० सम्म दक्षिणा दिएर साधु सन्तलाई बिदाइ गरेको छ । धेरै साधु सन्तलाई बिहीबार नै बिदाइ गरिएकामा केही छुटपुट साधु सन्तलाई भने शुक्रवार बिदाइ गरिएको कोषका प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिए । कोषले अहिलेसम्म करिब तीन हजार ५०० जना साधु सन्तलाई बिदाइ गरेको जनाएको छ ।

    २०७८, फाल्गुण २१ शनिवार०७:०४:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार