बलात्कार गर्ने छोरालाई कैद

बलात्कार गर्ने छोरालाई कैद

२०७७, पौष १५ बुधवार

  • 2.0K
    SHARES

  • बलात्कार गर्ने छोरालाई कैद

    पौष १५, दमौलीैं ।

    आमालाई जबर्जस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायाधीश वासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो ।

    ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद र जबर्जस्ती करणीमा नौ वर्ष कैदको फैसला भएको जिल्ला श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

    अन्दाजी ४७ वर्षीया महिलालाई छोराले विगत केही वर्षदेखि जबर्जस्ती करणी गर्दै आएका थिए । मादकपदार्थ सेवन गरी जबर्जस्ती करणी गर्दै आएकामा सहन नसकेपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । 

    २०७७, पौष १५ बुधवार०७:०४:१५
    प्रतिक्रिया
    सम्बन्धित समाचार