राप्रपा नेता गणेश शेरचनको निधन

राप्रपा नेता गणेश शेरचनको निधन

२०७८, फाल्गुण २२ आइतवार

  • 965
    SHARES

  • राप्रपा नेता गणेश शेरचनको निधन

    काठमाडौँ । राप्रपाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ ।

    मधुमेह र मिर्गौलाको समस्याबाट पीडित शेरचनको आइतबार बिहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको प्रत्यक्ष शासनकालमा उनी क्षेत्रीय प्रशासकसमेत थिए ।

    राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शेरचनको निधनबाट आफू दुःखी र स्तब्ध भएको बताएका छन् ।

    यसैगरी राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले शोक वक्तव्य जारी गर्दै शेरचन इमानदार देशभक्त, राष्ट्रवादी व्यक्तित्व रहेको भन्दै उनको निधनबाट पार्टी र नेपालको राष्ट्रवादी आन्दोलनलाई क्षति पुगेको उल्लेख गरेका छन् ।

    शेरचनको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । शेरचनका श्रीमती, ३ छोरा र १ छोरी छन् ।

    २०७८, फाल्गुण २२ आइतवार०९:५२:४५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार